काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धी भोलि (सोमबार) अप्रिल ३ मा सुरत जान सक्नेछन्। उनले ‘मोदी उपनाम’ मानहानि मुद्दामा दुई वर्षको जेल सजायको विरुद्ध सुरत अदालतमा याचिका दायर गर्न सक्छन्।
हालै, राहुललाई सीजेएम अदालतले मोदी उपनाम मानहानि मुद्दामा दुई वर्षको सजाय सुनाएको थियो। यो सजायलाई अदालतमा चुनौती दिन राहुललाई एक महिनाको समय पनि दिइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अदालतको फैसलालाई चुनौती दिने याचिका तयार गरिएको छ । सोमबार राहुलले अदालतमा मुद्दा दायर गर्न सक्नेछन्।
राहुलले आफ्नो सम्बोधनमा मोदी उपनामुलाई लिएर विवादास्पद टिप्पणी गरेपछि गुजरातका बीजेपी विधायक र पूर्व मन्त्री पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। जसको सुनुवाई गर्दै सुरतको एक अदालतले फैसला सुनाएको हो । यस मामिलामा राहुल गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको थियो।
नियम अनुसार सांसद वा विधायकलाई दुई वर्ष वा सोभन्दा बढी सजाय भएमा निजको सदस्यता खोसिन्छ । राहुललाई पनि त्यस्तै भयो । त्यसको भोलिपल्ट लोकसभा सचिवालयले उनको सदस्यता फिर्ता लिने आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया