नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

लोकपथ
105
Shares
all logos final

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

जसअनुसार कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक ६३ देखि ८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार ७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार ८५ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार ६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार ७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार ८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार ८५ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार ६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार ६४, २० र सो भन्दा माथिका लागि प्रति हजार ६४ को दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?