काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा रहेको पीएसजी लियोनसँग पराजित भएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीलाई लियोनले १-० गोल अन्तरले पराजित गर्यो । लियोनलाई जित दिलाउन खेलको ५६ औं मिनेटमा ब्राडली बार्कोलाले निर्णायक गोल गरे ।
जितसँगै लियोनले २९ खेलमा ४४ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । पीएसजी ६६ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया