एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल पराजित भएको छ ।
आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा बिहीवार राति सम्पन्न भएको २१ औँ चरणको खेलमा सिटीले अपराजित लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि म्यान्चेस्टर सिटी पुनः उपाधि होडमा फर्किएको छ ।
प्रतिस्पर्धात्मक खेलको ४० औँ मिनेटमा सिटीका लागि सर्जियो अग्युरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरल पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।
खेलको ६४ औँ मिनेटमा रोबेर्टो फिर्मिनोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । निक्कै रोमाञ्चक बनेको खेलको ७२ औँ मिनेटमा सिटीका लागि लिरोय सानेले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए ।
निर्धारित समयसम्म लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि सफल भने भएन् । अन्ततः २१ औँ चरणको खेलमा लिभरपुलको अपराजित यात्रामा सिटीले पुर्णविरामा लगाइदियो ।
जितपछि सिटीले लिभरपुलसँग ४ अंकको दुरी बनाएको छ । ५४ अंक बनाएको लिभरपुलको शीर्ष स्थानमा छ । ५० अंकका साथ म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोट्नह्यामको ४८ तथा ४४ अंकका साथ चेल्सी चौथो स्थानमा छ ।
जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी ४ मा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अक छ । सिटीको ५० अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया