हिमालयन बैंकले खाता खोल्दा पाउने बीमा रकमको सीमा बढायो

लोकपथ
112
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेड विभिन्न दुईथरीका खाता खोल्दा दिँदै आएको बीमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम ५ लाख बाट बृद्धि गरी  १० लाख बनाएको हो ।

नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ । यस्तै विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

१० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?