काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निर्णय गरेको हो।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हवाइ इन्धन आन्तरिक र बाह्यतर्फ प्रतिलिटर १० रुपैयाँ घटाइएको छ ।
यस्तै एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमको भनाइ छ । ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि ५४५ रुपैयाँ घाटा रहेको भएपनि बिक्री मूल्य यथावत राखिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया