नेदरल्याण्ड । नेदरल्याण्डमा रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।मंगलबार बिहान रेल निर्माण उपकरणसँग ठोक्किएर पटरीबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटना हेग नजिकै भोर्सोटेन क्षेत्रको हो।
लिडेन सहरबाट हेग गइरहेको रात्रिकालीन रेल ट्र्याकमा रहेको निर्माण उपकरणसँग ठोक्किएर पल्टियो। रेल पल्टिएपछि यसको एउटा डिब्बामा आगलागी भएको थियो । तर, समयमै आगो नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया