लनटेनिस टोली शनिवार थाइल्यान्ड जाने

काठमाडौं । आईटीएफ एशिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली लनटेनिस टोली ‘भोली’ शनिवार थाइल्यान्डको बैंकक जाने भएको छ ।

डिसेम्बर ६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभाङ्गीलक्ष्मी शाह र इशाश्री शाह रहेका छन् ।

प्रशिक्षकमा रामेश्वर थापा छन् । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले शुक्रबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?