काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको अभियोग लगत्तै आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । यस क्रममा उनले वर्तमान राष्ट्रपति जो बाइडेनदेखि जिल्ला न्यायधिवक्ता र उनको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशलाई समेत निशाना बनाएृका छन् ।
म्यानहट्टन अदालतमा उपस्थित भएपछि ट्रम्पले जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागलाई वास्तविक अपराधी भनेका थिए। वकिलले गैरकानूनी रूपमा यी जानकारी चुहाएको ट्रम्पको आरोप रहेको छ । त्यसैले उनीमाथि कारबाही हुनुपर्ने र उनको राजीनामाको पनि माग ट्रम्पले गरेका छन् ।
साथै ट्रम्पले न्यायाधीशमाथि पनि प्रश्न उठाएका छन् । ट्रम्पले उनको मुद्दामा सुनवाइगर्ने न्यायाधीशकी छोरी कमला ह्यारिसका लागि काम गर्ने गरेको आरोप पनि लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया