काठमाडौं । विगत सात वर्षदेखि तेहरान र रियादबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स (युएई)का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ ।
तेहरानले मङ्गलबार रियादका लागि नयाँ राजदूत नियुक्त गरेको छ । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया