काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा गायक समर सिंह पक्राउ परेका छन् । समर सिंहलाई नन्दग्राम प्रहरी चौकी अन्तर्गतको राजनगर एक्स्टेन्सन क्षेत्रबाट पक्राउ गरिएको हो ।
क्राइम ब्रान्चको टोलीले उनलाई अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउनेछ। मुद्दाका दोस्रो अभियुक्त सञ्जय सिंहको भने खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
गत चैत ११ गते सारनाथ क्षेत्रको बुद्ध सिटी कालोनीमा रहेको होटलको कोठामा आकांक्षा मृत फेला परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया