राष्ट्र बैंकद्वारा पुनः २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी आव्हान

लोकपथ
42
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख २६ गते, २०८०, असार २६ गते, २०८० असोज २३ गते र २०८० चैत २७ गते तोकिएका छन् । यि ट्रेजरी बिलहरुमा एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको टे«जरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही चैत २० गते पनि राष्ट्र बैकले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?