‘ए’ डिजिभन लिग : थ्रीस्टार र आर्मीमध्ये को पुग्ला ‘टप थ्री’मा ?

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ‘आइतवार’ दुई खेल हुँदैछ । 

आज हुने खेलमा थ्रीस्टार क्लबको हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । यी दुई क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे २ बजेपछि शुरु हुनेछ ।

लिग तालिकाको शीर्षमा पर्ने रणनीतिका साथ थ्रीस्टार मैदानमा उत्रदैछ । उपाधि होडबाट यसअघि नै बाहिरिसकको थ्रीस्टार लिगको दोस्रो स्थानमा रहने खेलमा संकटा क्लबसँग पराजित भएको थियो । लिगको तेस्रो स्थान कब्जा गर्न थ्रीस्टारले संकटा क्लबविरुद्धको खेल जित्नै पर्ने दवाव रहेको छ ।

जारी लिगमा २३ अंक बनाएको थ्रीस्टार तेस्रो तथा १७ अंकका साथ हिमालयन शेर्पा सातौं स्थानमा रहेको छ । 

त्यस्तै हल्चोक मैदानमा आजै हुने अर्को खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले मछिन्द्र क्लबको सामना गर्दैछ ।  अंक तालिकाको अन्तिम स्थानमा रहेको मछिन्द्रलाई पराजित गर्दै आर्मी पनि लिगको तेस्रो स्थानमा रहन चाहन्छ ।

२२ अंक सहित लिगको चौथो स्थानमा रहेको आर्मी क्लबको मछिन्द्रलाई हराउने रणनीति रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?