नेपाल गल्फका लागि सम्भावित मुलुक, बाह्रै महिना खेल्न सकिने

काठमाडौं । हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा गल्फ खेलको बिकासँंगै सम्भाबना पनि बढेको पाइन्छ । 

उच्च खानदानको व्यक्तिले मात्र खेल्ने खेल भनिए पनि त्यो अहिले गलत साबित भएको छ । हाल गल्फ खेल काठमाडौंको गोकर्ण गल्फ रिसोर्ट, आर्मी अफिसर्स गल्फ क्लब र रोयल नेपाल गल्फ कोर्ष गरि ३ स्थानमा खेलाउदै आइरहेको छ । त्यस्तै, काठमाडौं बाहिर पोखराको हिमालयन गल्फ क्लब र धरानको निर्भाना कन्ट्री गल्फ कोर्षमा खेल आयोजना गदै आइरहेको नेपाल गल्फ संघले जानकारी दिएको छ । 

आफ्नो गल्फ कोर्ष नभएपनि गल्फ संघले वार्षिक क्यालेन्डर अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु भने समयमा नै आयोजना गर्दै आइरहेको छ । गल्फ खेलका लागी अक्टोवर र मार्च महिना उत्तम मानिन्छ ।

दृश्यका लागी अझ काठमाडौं र पोखरा गल्फ खेलको लागी उत्कृष्ट ठाउँ हो । पहिलो राजपरिवारका सदस्यले मात्र खेलिने भएकोले पनि यस खेललाई सबै भन्दा महङगो खेल मानिन्थ्यो । स्कटल्याण्डबाट नेपालमा भित्रिएको यस खेलको वि.सं. १९२० मा लाभा कप गल्फ च्याम्पियनसिपबाट शुरु भएको हो । 

दक्षिण एशिया कै उत्कृष्ठ गल्फ कोर्ष मानिने गोकर्ण गल्फ कोर्षमा १८ होलको खेल खेलाउन सकिन्छ । यो कोर्ष १८२९ मा स्थापना भएको थियो । वि.सं. १९११ मा स्थापना भएको तिलगंगास्थित रोयल नेपाल गल्फ कोर्ष नेपालको सबै भन्दा पुरानो गल्फ क्लब हो । गल्फ खेल संसारमै प्रसिद्ध मानिन्छ । नेपाल गल्फका लागि सम्भावित मुलुक हो । अनुकुल बातावरण, रमनिण स्थल र हिमालहरु भएकोले नेपाल गल्फ खेल्नका लागी उत्तम मानिएको हो । 

वि.सं. १९२० देखि २०७५ सम्म आइपुग्दा नेपाल गल्फ संघले थुपै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको छ र थुपै प्रतियोगिताहरु पनि आयोजना गरिसकेको छ । व्यवसायिक गल्फर बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतियोगिता मध्ये एक हो एमेच्योर गल्फ प्रतियोगिता । भनिन्छ, ‘जित सब थोक होइन् जितको चाहाना राख्नु चाँही हो’।

एमेच्योर प्रतियोगिता खेल्दै नेपालका शिवराम श्रेष्ठ, टासी छिरिङ, शुक्र राई, टंक बहादुर राईलगायत खेलाडीहरुले हाल प्रोफेसनल गल्फर बनिसकेका छन् । 

१२ महिना गल्फ खेल्ने विश्वका कमै देशहरू छन् । नेपाल मात्र त्यस्तो देश हो, जहाँ १२ महिनै गल्फ खेल खेल्न सकिन्छ । विश्वका अधिकांश शहरहरू सधैभरी गल्फका लागि योग्य छैनन् । 

तर, काठमाडौंमा जुन सुकै समयमा पनि गल्फ खेल्नका लागि योग्य छ । त्यसैले नेपालमा गल्फ खेलको प्रचुर मात्रामा सम्भावना छ । त्यसकारण पछिल्लो समयमा नेपालमा थुप्रै प्रतियोगिता हुने गरेको छ । नेपालमा आयोजना हुने सुर्य नेपाल गल्फ सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

यो प्रतियोगितामा दक्षिण एशियाली राष्ट्रका प्राय सबै खेलाडीहरुले भाग लिन्छन् । प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले यो प्रतियोगितामा कडा चुनौती दिदै निरन्तर सहभागिता समेत जनाउँदै आइरहेका छन् ।

यसै खेलमा लागेर श्रेष्ठले एक सफल खेलाडी जिवनसमेत बिताइरहेका छन् । व्यवसायिक रुपमै स्थापित भई सकेको यो खेललाई अझै प्रसार—प्रचार गर्न सके अझ नयाँ प्रतिभावान खेलाडीहरूको जन्म हुने खेल विश्लेषकहरुको भनाई छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?