हुम्लाको ताँजकोटमा आँखा शिविर

लोकपथ
0
Shares
cfFvfsf] lgMz’Ns zNolqmof /;’jf, @* r}t M /;’jf /]8qm;sf] cfof]hgfdf ltnuËf cfFvf s]G›sf] ;xof]udf ;~rflnt lgMz’Ns cfFvf lzlj/df zNolqmofdf *# jifL{o gf]Rofª 3n] a’jfsf] b’j} cfFvfsf] df]ltof ljGb’sf] zNolqmof . zNolqmofkZrft cfFvf b]Vg yfn]kl5 a’jfsf] d’xf/df d’:sfg 5fof] . tl:a/ M 1fg]G› Gof}kfg] ÷/;’jf

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो ।

आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए । सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् ।

उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन हिँडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए ।

नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?