पुनः २४ अर्ब ७० करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

यही वैशाख पाँच गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । जसमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल रहेको छ ।

यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि क्रमशः २०८० जेठ २ गते, २०८० साउन दुई गते, २०८० असोज ३० गते र २०८१ बैशाख चार गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुमा ९१ दिने अवधिको दुई अर्ब ५० करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यही चैत २७ गते पनि राष्ट्र बैकले २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?