एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । एनएमबि बैंकले दशौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले शनिबार केन्द्रीय कार्यालय बबरमहलबाट शुरु भइ पाटन दरबार स्क्वायर सम्म पुगेर सो कार्यक्रम सम्पन्न गरेको हो ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ४९०,००० को सहयोगका साथै पाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ ।

सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरीएको छ ।

बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुल देखी बाराह क्षेत्र मन्दिर सम्म, मधेश प्रदेशमा लाहान शाखा देखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखा देखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशको ट्राफिक चोक शाखा देखी कालिका मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखी काक्रेबिहार मन्दिर, धनगढी शाखा देखी शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए। नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर महर्जनले सम्पदा संरक्षणको महत्वकोबारे प्रकाश पार्दै धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?