काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द इन्डोनेशियन क्लब पर्सिजा जाकार्तामा नै रहने भएका छन् ।
डिफेन्डर रोहित इन्डोनेशियाको लिग वान क्लब जाकार्तामा नै रहने भएका हुन् । यस सिजन जाकार्तालाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएको भन्दै क्लबले रोहितसँगको अनुबन्ध सम्झौतामा नवीकरण गर्ने जनाएको हो ।
जाकार्ता क्लबका निर्देशक गेडे विडीयाडेले रोहितको सम्झौता नविकरण हुने जानकारी दिएका हुन् ।
‘रोहितको खेलबाट हामी सन्तुष्ट छौँ, उनी क्लबको एक महत्वपूर्ण सदस्य समेत हुन्, हामी चाडैं नै रोहित बोलाएर नविकरण गर्ने तयारीमा छौँ’, उनले बताए ।
त्यस्तै रोहितसँगै अन्य दुई ब्राजिलका खेलाडीलाई पनि क्लबमा राख्ने निर्देशक विडीयाडेले जानकारी दिए । गत डिसेम्बर ३१ मा नै रोहित र पर्सिजा जाकार्ताबीचको सम्झौता सकिएको थियो ।
इन्डोनेशियामा ‘प्लयेर अफ दी इयर’ समेत चुनिएका रोहित र क्लबबीच औपचारिक सम्झौता भने हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया