काठमाडौं । सिप्रदी ट्रेडिङले कम्प्याक्ट युटिलिटी भेहिकल अन्तर्गत टियागो एनआरजी नेपाली बजारमा ल्याउँदैछ।
टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टियागो एनआरजी पेट्रोल भेरियन्ट चाडै नै नेपाली बजारमा ल्याउन लागिएको जानकारी दिएको हो ।
पेट्रोल इन्जिनयुक्त टियागो एनआरजी १२ सय सिसीको रहेको पनि कम्पनीले जनाएको छ । टाटाको अनुसार यो गाडी पाँच गियरसम्मको म्यानुअल ट्रान्समिसनयुक्त एइनआरजीले भेरियन्ट अनुसार प्रति लिटर २४ किलोमिटर माइलेज दिन सक्नेछ ।
पाँच सिट भएको यो गाडीको लम्बाई ३७ सय ९३ मिलिमीटर रहेको छ भने चौढाइ १६ सय ६५ मिलिमिटर छ। गाडीको व्हिलबेस २४ सय मिलिमिटर रहेको छ। ३५ लिटर फ्युल ट्याङ्कयुक्त गाडीमा ३५ सय आरपिएममा एक सय १४ न्युटन मिटर टर्क क्षमता रहेको छ।
गाडीको कार्गो भोलुम दुई सय ४२ लिटर रहेको छ। कम्पनीका अनुसार गाडीमा तीन वटा सिलिण्डर जडान गरिएको छ। ६ हजार आरपिएममा ८४ ब्रेक हर्सपावर रहेको गाडीको कर्ववेट एक हजार १७ किलोग्राम रहेको छ।
कम्पनीका अनुसार यो गाडीको मुल्य नेपाली बजारमा ३० लाखभन्दा मूनी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया