काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक बर्षको पछिल्लो नौ महिना अर्थात तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६१ लाख १४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५१ करोड ७१ लाख २९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैंयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ७९ करोड ६८ लाख ५१ हजार रुपैंयाँ निक्षेप संकलन गरी २२ अर्ब आठ करोड ४० लाख ६२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले दुई अर्ब चार करोड ४० लाख दुई हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४० करोड एक लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब ९४ करोड ६६ लाख ११ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले एक अर्ब २९ करोड १३ लाख १६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया