काठमाडौं । भारतमा लगातार कोरोनाका संक्रमितको संख्या बढ्दो रहेको छ । बुधबारको तुलनामा बिहीबार नयाँ केसहरूमा करिब २० प्रतिशतले वृद्धि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप १२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
मंगलबार सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए भने बुधबार १० हजार ५ सय ४२ संक्रमित भेटिएका थिए ।योसँगै भारतमा कूल कोरोना संक्रमितको संख्या ६५ हजार २८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८२७ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया