काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकहरुका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई कारवाही गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कारवाहीमा पर्नेहरुमा तत्कालीन नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी), तत्कालीन कुमारी बैंक अर्थात हालको कुमारी बैंक लिमिटेड, तत्कालीन सेञ्चुरी कर्मसियल बैंक (हाल प्रभु बैंकसंग प्राप्ती भएको), नेपाल बैंक, नबिल बैंक, ग्लोवल आईएमई बैंक, कृषि बिकास बैंक र हिमालयन बैंक रहेका छन । राष्ट्र बैंकका अनुसार कारवाही अन्र्तगत तत्कालीन एनसीसी बैंकले सहुलियतपुर्ण कर्जा सम्वन्धी एकीकृत कार्यबिधी २०७५ को २६ (क) विपरित एकै समुहलाई एक भन्दा बढी सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशन बिपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको हुँदा राष्ट्र बैंकको जारी निर्देशनको उलंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको छ ।
यसैगरी तत्कालीन कुमारी बैंक अर्थात हालको कुमारी बैंक लिमिटेडलाइ पनि अन्र्य शिर्षकको कारवाही अन्र्तगत तत्कालीन कुमारी बैंकले सहुलियतपुर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्धती निक्षेपमा प्रकाशित व्याजदर भन्दा बढी प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा उक्त बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । तत्कालीन एनसीसी बैंकलाई पुन दोस्रो पटक पनि कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । यस अन्र्तगत उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) खण्ड (ग) बमोजिम पाँच लाख रुपैंयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ ।
यसैगरी राष्ट्रिय बाँणिज्य बैंकलाई पनि सम्पती सुद्धीकरण सम्वन्धी ऐन निर्देशनको उलंघन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकको भनाई छ ।
तत्कालीन सेञ्चुरी कर्मसियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शिर्षक अन्र्तगत कारवाही गरिएको छ । यस अन्र्तगत २०७९ साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले दुई करोड ८४ लाख सात सय ३२ रुपैयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ । नेपाल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शिर्षक अन्र्तगत कारवाही गरिएको छ । यस अन्र्तगत २०७९ साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले १८ लाख ५९ हजार सात सय ५२ रुपैयाँ जरिवाना तिराईएको छ भने नबिल बैंकलाई पनि सोही शिर्षकको कारवाही अन्र्तगत २०७९ साउन, भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले छ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ जरिवाना तिराईएको छ ।
यसैगरी ग्लोवल आईएमई बैंकलाई पनि कर्जा तथा श्रोत परिचालन अनुपात शिर्षक अन्र्तगत कारवाही गरिएको छ । यस अन्र्तगत २०७९ भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले चार करोड ४२ लाख ४६ हजार आठ सय ३२ रुपैयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ । कृषि बिकास बैंकलाई पनि सोही शिर्षक अन्र्तगत २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले ७१ लाख ७२ हजार नौं सय ५२ रुपैयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ ।
हिमालयन बैंकलाई पनि २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले ७१ लाख ७२ हजार नौं सय ५९ रुपैयाँ जरिवाना तिराईएको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया