काठमाडौं । विकास बैंकहरुमा खराब कर्जा बढेको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरु मध्येमा पछिल्लो अवधिमा १३ वटा विकास बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको मध्ये सबै विकास बैंकमा खराब कर्जा बढेको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी खराब कर्जा ग्रिन डेभलपमेन्ट बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा देखिएको छ । ग्रिनमा चार दशमलव ९८ प्रतिशत कर्जा खराब देखिंदा मुक्तिनाथमा एक दशमलव ९९ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही अवधिमा यि दुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव शुन्य पाँच र शुन्य दशमलव १७ प्रतिशत रहेको थियो । नारायणी, साँग्रिला, महालक्ष्मी, सिन्धु र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि खराब कर्जा बढेको छ ।
चालु आवको तेस्रो त्रैमासमा यि बैंकहरुमा खराब कर्जाको अनुपात क्रमशः चार दशमलव ८१, चार दशमलव ७८, चार दशमलव ६२, चार दशमलव २७ र चार दशमलव १८ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश : दुई दशमलव ८६, चार दशमलव ४२, दुई दशमलव ८९, एक दशमलव ६५ र तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।
ज्योति, लुम्बिनी र कामना सेवा बिकास बैंकमा पनि चालु आवको तेस्रो त्रैमासमा क्रमश: तीन दशमलव ८९, तीन दशमलव ७६ र तीन दशमलव २७ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ३७, एक दशमलव ६९ र दुई दशमलव २० प्रतिशत रहेको थियो । गरिमा, मितेरी र शाईन रेसुंगा डेभलपमेन्ट बैंकमा पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ९५, दुई दशमलव ५० र दुई दशमलव ११ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव शुन्य दुई, एक दशमलव ४० र एक दशमलव २४ प्रतिशत रहेको थियो ।
विकास बैंकहरुमा हाल कायम रहेको खराब कर्जा (प्रतिशतमा)
क्रस बैंकको नाम २०७९ चैत २०७८ चैत
१ ग्रिन डेभलपमेन्ट बैंक ४.९८ २.०५
२ नारायणी डेभलपमेन्ट बैंक ४.८१ २.८६
३ साँग्रिला डेभलमेन्ट बैंक ४.७८ ४.४२
४ महालक्ष्मी बिकास बैंक ४.६२ २.८९
५ सिन्धु बिकास बैंक ४.२७ १.६५
६ कर्पोरेट डेभलपमेन्ट बैंक ४.१८ ३.७६
७ ज्योति बिकास बैंक ३.८९ १.३७
८ लुम्बिनी बिकास बैंक ३.७६ १.६९
९ कामना सेवा बिकास बैंक ३.२७ २.२०
१० गरिमा बिकास बैंक २.९५ १.०२
११ मितेरी डेभलपमेन्ट बैंक २.५० १.४०
१२ शाईन रेसुंगा डेभलपमेन्ट बैंक २.११ १.२४
१३ मुक्तिनाथ बिकास बैंक १.९९ ०.१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया