एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन जारी फ्रान्सेली लिग वान फुटबल अन्तर्गतको क्वाटरफाइनल खेलमा पराजित भएको छ ।
बुधवार राति सम्पन्न भएको खेलमा अपराजित पीएसजी लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २-१ गोल अन्तरले पराजित भएको हो । जारी लिगमा रेलिगेसन जोनमा रहेको गुइनग्याम्पले पीएसजीको घरेलु मैदानमा अप्रत्यासित रुपमा हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिला हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको पीएसजीका लागि खेलको ६२ औँ मिनेटमा नेइमारले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
नेइमारले गोल गरेपछि निक्कै आक्रामक बनेको गुइनग्याम्पका लागि खेलको ८१ औँ मिनेटमा येनी बाकोटोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । रोमाञ्चक बनेको खेलेका इन्जुरी समयमा मार्कस थुरमले गोल गरेपछि पीएसजी स्तब्ध बनेको थियो ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा रेलिगेसन जोनमा नै रहेको मोनाको भने सेमिफाइनलमा प्रवेश गरेको छ । मोनाकोले रेन्नेसलाई टाइब्रेकरमा ८-७ गोल अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया