कोपा डेल रे फुटबलमा रियल म्याड्रिड विजयी

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ ।

बुधवार राति सम्पन्न भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३-० गोल अन्तरले पराजित गर्दै सहज जीत निकालेको हो ।

आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलको पहिलो हाफसकिनै लाग्दा कप्तान सर्जियो रामोसले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । यो गोलसँगै रामोसले आफ्नो खेल जीवनमा एक सयौं गोल पुरा गरे ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको रियल म्याड्रिडले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ६८ औँ मिनेटमा लुकास भास्केजले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । त्यस्तै ७७ औँ मिनेटमा भिनिसिउसले गोल गरेपछि लेगानेस स्तब्ध बनेको थियो ।

जितपछि रियल म्याड्रिडले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । अब रियलले यहि जनवरी १६ तारिखमा लेगानेससँग दोस्रो लेगको खेल खेल्नेछ ।

यता बुधवार राति नै भएको अर्को खेलमा भिल्लारियलले स्पानियोलसँग २-२ गोलको बराबरी खेलेको छ । यता गेटाफेले भाल्लाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?