काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा सो लामिछानेविरुद्धको बलात्कार मुद्दा ढकालको इजलासमा परेको हो ।
लामिछानेविरुद्ध एक नाबालिकामाथि बलात्कारको आरोप रहेको छ । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेर सुनुवाइ गर्न लागेको हो ।
गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया