बैकिङ प्रणालीमा दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गरिने

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ ।

राष्ट्र बैंकले आफ्नो बिभिन्न कोषमा रहेको दुई अर्ब २४ लाख रुपैयाँ बिभिन्न बैंक तथा फाईनान्स कम्पनीहरुमा संस्थागत निक्षेपकोरुपमा लगानी गर्न बुधबार प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० जेठ तीन गतेदेखि २०८१ जेठ दुई रकम राख्न प्रस्ताव आव्हान गरिएको हो । लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ६० करोड १२ लाख, बिकास बैंकहरुको लागि ३० करोड दुई लाख र फाईनान्स कम्पनीहरुको १० करोड रुपैयाँ छुट्याईएको छ ।

लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १७ गते नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?