काठमाडौं । विश्वव्यापी बीमा प्रदायक मेटलाइफले, बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बिमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ ।
जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध छ ।
पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, जसमा सेवाको फाइदाहरू र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ ।
दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू जस्तै प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, व्यतित बीमालेख पुनर्स्थापना गर्ने कदमहरू र बीमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ।
यस शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारीका साथ समाप्त हुन्छ ।
मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “मेटलाइफले विश्वभरका परिवारहरूलाई १५५ वर्षदेखि आर्थिक रूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । यहाँ नेपालमा हामीले धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिदैं आएका छौं । तर अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी रहेको महसुस गरेका छौं । बीमा सम्बन्धि ज्ञान मनोरञ्जनात्मक तथा पहुँच योग्य तरिकामा देशैभर रहनु भएका आम नागरिकमा पुर्याउन पाउँदा गौरवान्वित छौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया