नेपालले कतारलाई दियो १ सय ५८ रनको लक्ष्य

लोकपथ
119
Shares

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपालले कतारलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए । आसिफ शेखले १९ रन बनाए ।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए भने सोमपाल कामी र आरिफ शेखले समान ११-११ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?