काठमाडौं । अमेरिकाले दक्षिण कोरियामा किम जोङको शासन अन्त्य गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरे त्यसको प्रतिक्रिया विनाशकारी हुने बताएका छन् ।
दक्षिण कोरियाको सुरक्षाको वार्तापछि बाइडेनले दक्षिण कोरियाका राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा दक्षिण कोरियाको सुरक्षा ढाल अमेरिका भएको बताए ।
त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बुधबार ह्वाइट हाउसमा ऐतिहासिक र नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य उत्तर कोरियाको आक्रमण रोक्नु रहेको बताइएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन र उनकी पत्नी किम केओन दोस्रो पटक अमेरिकाको राजकीय भ्रमणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया