साताको सेयर बजार : नेप्से दुई दिन मात्रै बढ्दा चार अर्ब पाँच करोडको कारोबार

लोकपथ
70
Shares

काठमाडौं । सेयर बजारले यो साता पनि लगानीकर्ताहरुलाई खासै उत्साहित बनाउन सकेन् । नियमित कारोबारको लागि नेप्से सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको भएपनि तीन कार्य दिन लगातार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको थियो ।

दोस्रो र तेस्रो कार्यदिन भने नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम खासै बढ्न सकेन् । सो अनुसार सातामा नेप्से परिसुचक १८ सय ८९ दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शुन्य नौं अंकमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता दुुई सय ७० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । सो अनुसार एक लाख ३७ हजार छ सय ७४ पटकको कारोबारमा एक करोड २४ लाख ४१ हजार आठ सय १६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब पाँच करोड २१ लाख २१ हजार एक सय ६७ रुपैंयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा सामान्य अंकले कम हो । गत साता दुुई सय ७३ वटा कम्पनीहरुको एक लाख ३१ हजार सात सय ८३ पटकको कारोबारमा एक करोड ४९ लाख ६५ हजार आठ सय ९७ कित्ता शेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम चार अर्ब ६२ करोड छ लाख ३४ हजार दुई सय १० रुपैंयाँ कायम भएको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेण गर्दा यो साता पहिलो, चौथौ र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो र तेस्रो दिन बढेको थियो । जसमध्ये पहिलो दिन १८ दशमलव ८० अंकले घटेर १८ सय ८५ दशमलव ६० अंकमा सिमित भएको नेप्से दोस्रो दिन भने दुई दशमलव ७१ अंकले बढेर १८ सय ८८ दशमलव ३२ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन १७ दशमलव ३६ अंकले बढेर १९ सय पाँच दशमलव ६८ अंकमा चढेको नेप्से चौंथो दिन भने १३ दशमलव ६८ अंकले घटेर १८ सय ९२ अंकमा खुम्चिएको थियो ।

पाँचौं दिन नेप्से पुन दुई दशमलव २५ अंकले घटेर १८ सय ८९ दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ ।
यसैगरी पहिलो दिन चार अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन शुन्य दशमलव २३ अंकले बढेर तीन सय ५९ दशमलव ३७ अंकमा चढ्न सफल भएको थियो ।

तेस्रो दिन पुन चार दशमलव २७ अंकले बढेर तीन सय ६३ दशमलव ६५ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन दुई दशमलव ११ अंकले घटेर तीन सय ६१ दशमलव ५५ अंकमा खुम्चिएको थियो । पाँचौं दिन सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शुन्य नौं अंकमा सिमित हुन पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार 

दिन                        कम्पनी संख्या                कारोबार संख्या                कित्ता                   कारोबार रकम
पहिलो दिन                 २६५                                ३१४१५                    २७३४३०७             ८२८५३४०३६.३४
दोस्रो दिन                   २७०                                ३३२१३                     २२६०८२३             ७५१३३०३९३.७०
तेस्रो दिन                    २६४                                २७७६६                   २७००५७०            ८८५५७८२७०.७६
चौंथो दिन                   २६४                                २३४२९                     २५७१२०२            ८४७०२८२१९.४१
पाँचौं दिन                   २६९                                २१८५१                      २१७४९१४            ७३९६५०२४७.५०
कुल                                                                 १३७६७४                १२४४१८१६          ४०५२१२११६७.७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?