काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
वर्षाका कारण नेपाल र कुवेतबीचको खेल केही समयका लागि अवरुद्ध भएको थियो । त्यसपछि खेलको ओभरलाई घटाएर ४२ ओभरमा ल्याइएको थियो । उक्त खेलमा नेपालले ९ विकेट गुमाउँदै नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको इनिङ खेले । त्यस्तै, कुशल मल्लले ५७ रनको अर्धशतकीय ईनिङ खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया