अमेरिकी राष्ट्रपति बाइडेनले पपुवा न्यु गिनीमा प्यासिफिक नेता भेट्दै

लोकपथ
63
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पपुवा न्यु गिनीको भ्रमण गर्दा दक्षिण प्रशान्त महासागरका १८ नेतालाई भेट्ने कार्यक्रम तय भएको छ ।

पपुवा न्यू गिनीका विदेश मन्त्री जस्टिन टकचेन्का अनुसार राष्ट्रपति बाइडेनले देशको राजधानीमा प्यासिफिक आइल्याण्ड फोरम ब्लकका सदस्यलाई भेट्ने योजना बनाएको बताएका छन् ।

अमेरिकाले यस क्षेत्रमा कूटनीतिक गतिविधिको आक्रामकता बढाउने प्रयास गरिरहेको टिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?