काठमाडौं । शनिबार नेपालले कुवेतको सामना गरेको थियो । एसीसी प्रिमियर कपको सेमीफाइनल खेल चलिरहँदा पानी परेपछि खेल रद्द भएको थियो । खेल रद्द भएसँगै नेपाल समूह ‘ए’ को विजेताको रूपमा एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि खेल रोकिएको थियो । पानी रोर्किसँगै खेल पुन: शुरु भएको थियो । त्यसपछि नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङको पनि ८.३ ओभर चलिरहँदा पुन: पानी परेपछि खेल रोकिएको थियो । ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो ।
डिएल मेथडमा खेलको नतिजा लिन कुवेतले २० ओभर खेलेको हुनु पर्ने थियो । र, २० ओभरमा कुवेतले नेपाललाई जित्न १ सय ९४ रन बनाउनु पर्ने थियो । बाँकी खेल हुन नसक्दा खेल नतिजाविहीन बन्यो नेपाल त्यसैको साहयतामा फाइनल प्रवेश गरेको हो ।
एसीसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबारका लागि तय भएको छ । तर हिजोबाट शुरु भएको वर्षा अहिलेसम्म पनि रोकिएको छैन ।
कस्तो होला भोलीको मौसम ?
मौसमविद् गङ्गा नगरकोटीका अनुसार २०८० वैशाख १८ गते सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक९दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
एसीसी प्रिमियर कपको फाइनल खेल पनि वर्षाले प्रभावित हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं लगायत देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको प्रक्षपण गरिएको छ ।
नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । फाइनलमा नेपालले यूएईसँग भिड्दैछ ।
भोलिपनि पानि पर्यो भने के हुन्छ ?
कुनै पनि एक दिवसीयमा निर्णय लिनका लागि पहिलो इनिङको खेल पूरा सकिएर दोस्रो इनिङको पनि कम्तीमा २० ओभर सकिनुपर्ने हुन्छ । दोस्रो इनिङको २० ओभर सकिएको खण्डमा मात्रै डकवर्थ लुइस मेथडका आधारमा हार–जितको निर्णय हुने हुन्छ ।
त्यस्तै, यदि भोलि वर्षाका कारण खेल हुन नसकेको खण्डमा एक दिनका लागि रिजर्भ डे राख्ने व्यवस्था हुन्छ । अर्थात फाइनल खेलमा भोली पनि वर्षा बाधक बनेको खण्डमा पर्सीलाई रिजर्भ डे राख्न सकिने व्यवस्था पनि हुन्छ ।
यस्तोमा यदि रिजर्भ डेमा पनि खेल हुन नसकेमा खेल सुपर ओभरमा जान्छ । सुपर ओभरमा दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दा जसले धेरै रन बनाउँछ त्यही विजेता हुने हुन्छ । र सुपर ओभर पनि हुन नसके एक दिवसीय वरियतामा जो माथि रहेको छ त्यही टिम छनोट हुनेछ । यसरी हेर्दा यदी वर्षा बाधक बनेर खेल हुन नसेके एक दिवसीय वरियतामा १४ औँ स्थानमा रहेको नेपाल एसिया कपका लागि छनोट हुने छ । यूएई भने एक दिवसीय वरियतामा १९ औँ स्थानमा रहेको छ ।
नेपाल र युएई हेड टु हेड
नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १३ पटक भेट भएको छ । भएको १३ भेटमा नेपालले ७ पटक जित हात पारेको छ भने युएई ६ पटक विजयी भएको छ ।
एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् । एसिया कपमा खेल्ने ६ मध्ये अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको टुंगो लागिसकेको छ भने नेपाल र यूएईमध्ये एउटा टिम एसिया कपका लागि छनोट हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया