काठमाडौं । समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विशाल मिलन केन्द्र ‘बीएमके’ र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । पहिलो संस्करणको उपाधि प्राइमले जितेको थियो । समृद्धिका लागि मुना महर्जनले १६ अंक योगदान गरिन् ।
फाइनलसहित समृद्धि र साइपालको प्रतियोगितामा तेश्रो भेट हो । अघिल्ला दुवै भेटमा साइपालले समृद्धिलाई हराएको थियो । साइपालले समृद्धिलाई राउन्ड रोविन लिगमा ४३–३६ तथा क्वालिफायरमा ५४–३२ ले हराएको थियो ।
समृद्धिकी मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । समृतिकै प्रेडिना महर्जन ‘डेरिङ सिक्स म्यान’ बनिन् भने काठमाडौं नर्थ पोल बास्केटबल क्लबकी अस्मिता केसीले ‘मोस्ट इम्प्रुभ प्लेयर’ को उपाधि जितिन् ।
चण्डोलस्थित आयोजक मध्येको एक बीएमकेको कोर्टमा आठदिनसम्म चलेको प्रतियोगितामा ५ टिम सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया