फाइनल खेलमा वर्षा बाधक बनिरहे के हुन्छ ?

लोकपथ
315
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रियिर कपको फाइनल खेल राकिएको छ । कीर्तिपुर मैदानमा वर्षा बाधक बनेसँगै नेपाल र यूएईबीचको खेल रोकिएको हो ।

खेलमा कीर्तिपुर मैदानमा टस जितेर नेपाल फिल्डिङमा उत्रिएको थियो । खेलमा नेपालले उत्कृष्ट बलिङ प्रर्दशन गरेको छ । नेपालले हालसम्म यूएईको पाँच विकेट लिएको छ ।

यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका छन् ।

पानि रोकिएन भने के हुन्छ ?

कुनै पनि एक दिवसीयमा निर्णय लिनका लागि पहिलो इनिङको खेल पूरा सकिएर दोस्रो इनिङको पनि कम्तीमा २० ओभर सकिनुपर्ने हुन्छ । दोस्रो इनिङको २० ओभर सकिएको खण्डमा मात्रै डकवर्थ लुइस मेथडका आधारमा हार–जितको निर्णय हुने हुन्छ ।

त्यस्तै, यदि आज वर्षाका कारण खेल हुन नसकेको खण्डमा एक दिनका लागि रिजर्भ डे राख्ने व्यवस्था हुन्छ । अर्थात आज वर्षा बाधक बनेको खण्डमा भोलीलाई रिजर्भ डे राख्न सकिने व्यवस्था पनि हुन्छ ।

यस्तोमा यदि रिजर्भ डेमा पनि खेल हुन नसकेमा खेल सुपर ओभरमा जान्छ । सुपर ओभरमा दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दा जसले धेरै रन बनाउँछ त्यही विजेता हुने हुन्छ । र सुपर ओभर पनि हुन नसके एक दिवसीय वरियतामा जो माथि रहेको छ त्यही टिम छनोट हुनेछ । यसरी हेर्दा यदी वर्षा बाधक बनेर खेल हुन नसेके एक दिवसीय वरियतामा १४ औँ स्थानमा रहेको नेपाल एसिया कपका लागि छनोट हुने छ । यूएई भने एक दिवसीय वरियतामा १९ औँ स्थानमा रहेको छ ।

नेपाल र युएई हेड टु हेड

नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १३ पटक भेट भएको छ । भएको १३ भेटमा नेपालले ७ पटक जित हात पारेको छ भने युएई ६ पटक विजयी भएको छ ।

एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् । एसिया कपमा खेल्ने ६ मध्ये अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको टुंगो लागिसकेको छ भने नेपाल र यूएईमध्ये एउटा टिम एसिया कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?