काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई सातौँ सफलता हात पारेको छ । नेपालका लागि सन्दीपले सातौँ विकेट लिएका हुन् । सन्दीपले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आउट गरेका हुन् । यूएईले २६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।
यसअघि नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी, गुलसन र ललित राजवंशीले समान एक विकेट लिएका छन् ।
आजको यस खेलको विजेता एसिया कपको १६ औँ संस्करणमा छनोट हुनेछ । एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।
एसिया कपमा खेल्ने ६ मध्ये अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको टुंगो लागिसकेको छ भने नेपाल र यूएईमध्ये एउटा टिमको छनोट यो खेलबाट लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया