ललितले दिलाए नेपाललाई आठौं सफलता

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई आठौं सफलता हात पारेको छ । नेपालका लागि ललितले आठौं विकेट लिएका हुन् । यूएईले २६.१ ओभरमा ८ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ ।

यसअघि नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी गुलसन झा र ललित राजवंशीले समान एक विकेट लिएका छन् ।

आजको यस खेलको विजेता एसिया कपको १६ औँ संस्करणमा छनोट हुनेछ । एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।

एसिया कपमा खेल्ने ६ मध्ये अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको टुंगो लागिसकेको छ भने नेपाल र यूएईमध्ये एउटा टिमको छनोट यो खेलबाट लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?