काठमाडौं । नेपालले थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो जीत हात पारेको छ ।
थाइल्याण्डको क्रिकेट मैदानमा आइतवार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत निकालेको हो ।
मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६ दशमलब २ ओभरमा मात्र ४ विकेट गुमाउँदै पुरा ग-यो । नेपालका लागि रोमा थापाले अविजित २० रनको योगदान दिइन् । त्यस्तै सिता राना मगरले १६ रन तथा ममता कुमारी चौधरीले अविजित ९ रनको जोडिन् ।
मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले समान एक-एक विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ दशमदब ३ ओभरमा सबै विकेट गुमाउँदै ६१ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि दुई खेलाडीले दोहोरो अंक बनाउन बाहेक अन्य ब्याट्स विमेनले खासै रन जोड्न सकेनन् ।
नेपालविरुद्धको दोस्रो खेलमा शुरुवाती समयमा नै मलेसियाले ५ रन बनाएको स्थितीमा पहिलो विकेट गुमाएको थियो । त्यस्तै २४ रन बनाउँदा मलेसियाले द ोस्रो विकेट गुमायो । नेपालको बलियो बलिङमा २७ रन बनाउँदा मलेसियाले ४ विकेट खेल फालेको थियो ।
मलेसियाका लागि सियो जीन इले सर्वाधिक १२ तथा युजरीना याकोपले ११ रन बनाइन् । त्यस्तै एलसि यासमिन ९ रन बनाउँदै पेभेलियनमा फर्किन् । मलेसियाको पारी ध्वस्त पार्ने क्रममा नेपालका लागि नेरी थापाले एकै ओभरमा दुई विकेट लिन सफल भएकी थिइन् ।
त्यस्तै सरिता मगरले चार, नेरी थापा, कविता कुवर र इन्दु बर्माले समान दुई-दुई विकेट लिएकी थिइन् । जीतसँगै नेपालले ४ अंक बनाएको छ ।
यसअघि शनिवार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै जारी प्रतियोगितामा शानदार शुरुवात गरेको थियो । अब नेपालले भोली ‘सोमवार’ संयुक्त अरब इमिरेट्स ‘युएई’को सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया