काठमाडौं । बैंकिङ क्षेत्रमा कुल कर्जा खाताको संख्या १८ लाख ५४ हजार पाँच सय ९८ वटा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरुमा उक्त परिमाणमा कर्जा खाता सञ्चालनमा रहेको देखिएको हो ।
बैंकिङ क्षेत्रमा कायम रहेको कर्जा खाताको संख्या गत आवको सोही अवधिको तुलनामा १७ हजार पाँच सय ४८ वटाले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा १८ लाख ३७ हजार ५० वटा कर्जा खाताहरु सञ्चालनमा रहेका थिए । बैंकिङ क्षेत्रमा रहेको कुल कर्जा खाता मध्येमा बाँणिज्य बैंक र फाईनान्स कम्पनीहरुमा कर्जा खाता बढेको देखिएपनि विकास बैकहरुमा गत आवको तुलनामा कर्जा खाता घटेको देखिएको छ ।
चालु आवको पछिल्लो अवधिमा बाँणिज्य बैंकहरुमा कुल १५ लाख २८ हजार एक सय ७२ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् । बाँणिज्य बैंकहरुमा सञ्चालनमा रहेको यो कर्जा खाताको संख्या गत आवको सोही अवधिको तुलनामा ३९ हजार आठ सय ७९ वटाले बढी हो । गत आवको सोही अवधिमा बाँँणिज्य बैंकहरुमा १४ लाख ८८ हजार दुई सय ९३ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुमा भने चालु आवको पछिल्लो अवधिमा जम्मा दुई लाख ८४ हजार सात सय ६४ वटा मात्र कर्जा खाता सञ्चालनमा रहेको देखिएको छ । यो खाता गत आवको सोही अवधिको तुलनामा २३ हजार पाँच सय ७३ वटाले कम हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुमा तीन लाख आठ हजार तीन सय ३७ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका थिए । यसैगरी फाईनान्स कम्पनीहरुमा भने चालु आवको पछिल्लो अवधिमा ४१ हजार छ सय ६२ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन ।
यो खाता गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ४२ वटाले बढी हो । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुमा ४० हजार चार सय २० वटा कर्जा खाताहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाई छ ।
बैंकिङ क्षेत्रमा हाल सञ्चालनमा रहेको कर्जा खाता (संख्यामा)
विवरण २०७९ फागुन मसान्त २०७८ फागुन मसान्त फरक
बाँणिज्य बैंक १५२८१७२ १४८८२९३ ३९८७९
विकास बैंक २८४७६४ ३०८३३७ २३५७३
फाईनान्स ४१६६२ ४०४२० १२४२
कुल १८५४५९८ १८३७०५० १७५४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया