काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न निर्देशन दिएका छन् ।
शनिवार साझ प्रधानमन्त्री निवास बालुवाटारमा खेलकुद मन्त्री जगतबहादुर सुनारसहित राखेप पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न अपुग बजेट सरकारले तत्काल निकासा गर्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने तयारीमा लाग्नुस्, अपुग बजेटको निकास चाँडै हुन्छ, र १३ औँ साग राष्ट्रको प्रतिष्ठासँग जोडिएको छ । त्यसलाई समेत समयमै गर्नुस ।’
नेपाली खेलकुदको अवस्थाका विषयमा जानकारी लिन प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री सहित राखेप पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए ।
छलफलमा खेलकुद मन्त्री सुनारसहित राखेप सदस्य सचिव विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिना सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया