टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको निर्णय

लोकपथ
91
Shares

काठमाडौं । नेपाल सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?