अस्ट्रेलियन ओपन टेनिस : स्पेनी नाडाल र दक्षिण अफ्रिकी एन्डरसन दोस्रो चरणमा प्रवेश

एजेन्सी । स्पेनी राफेल नाडाल यो सिजनको पहिलो पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

रोड लाभेर एरिनामा सोमवार भएको पहिलो चरणको खेलमा स्पेनी नाडालले अस्ट्रेलियाका जेम्स डकवर्थलाई ३-० निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

सात पटकका ग्राण्डस्लाम च्याम्पियन नाडालले ढकवर्थलाई खेलको पहिलो सेटमा ६-४ ले तथा दोस्रो सेटमा ६-३ ले पराजित गरे । त्यस्तै अन्तिम सेटमा भने नाडाललाई डकवर्थले कडा टक्कर दिए ।

नाडालले निर्णायक सेटमा डकवर्थलाई ७-५ को सेटमा हराए । ३२ वर्षिय नाडालले डकवर्थविरुद्ध जीत निकाल्न दुई घण्टा १६ मिनेट समयमा कोर्टमा खर्चेका थिए । 

जीतपछि नाडालले भने, ‘उनले पनि निक्कै उत्कृष्ट खेल खेले, उनले प्रायः सबै सट आक्रामक रुपमा खेले ।’ 

त्यस्तै मेलवर्न पार्कमा सोमवार नै भएको अर्को खेलमा पाँचौ वरियताका दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनले फ्रान्सेली एड्रियन मानमरिनोलाई ३-१ को सेटमा हराउँदै दोस्रो चरणका यात्रा तय गरे ।

खेलको पहिलो, तेस्रो र चौथो सेटमा जीत हात पारेका एन्डरसन दोस्रो सेटमा भने पराजित भएका थिए । 

एन्डरसनले मानमरिनोलाई ६-३, ५-७ र ६-२ र ६-१ को सेटमा पाखा लगाए । यी दुई खेलाडीबीचको खेल लगभग तीन घण्टा चलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?