नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
98
Shares

काठमाडौं । नवनियुक्त तीन मन्त्री पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच नवनियुक्त तीन मन्त्रीले शपथ लिएका हुन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका थिए । तीनैजना नेपाली कांग्रेसमा सामेल भएका मन्त्री हुन् ।
शपथग्रहणसँगै आजै तीनै जनाले कार्यभार सम्हाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?