काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८५ (५ वर्षे) को बिक्री आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत व्याज तोकेर दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८५ (५ वर्षे) बर्षे को बिक्री आव्हान गरिएको हो ।
यही बैशाख २४ गतेबाट खुल्ला हुने बचतपत्रको बिक्री कार्य जेठ २४ गतेसम्म कायम रहने छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०८० जेठ ३० तोकिएको बचतपत्रको सावाँ भुत्तानी मिती २०८५ जेठ ३० गते तोकिएको छ । यो बचपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिने छ ।
राष्ट्र बैंकका अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा सिमामा रहेर बचतपत्र खरिद गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया