काठमाडौं । एन आई सी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीहरुसँग शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ ।
कम्पनीका अनुसार एन आई सी एशिया क्यापिटल लिमिटेड र भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, एन आई सी एशिया क्यापिटल लिमिटेड र डोल्ती पावर कम्पनी लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरेको हो ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत माथि उल्लेखित कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, शेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु यही मिति २०८० साल वैशाख २४ गते आइतबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौमार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनीहरु लगायत सम्बन्धित सबैको लागि जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया