काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछन् । आज हुने तीन खेलमध्य दुई खेल दशरथ रंगशालामा र एक खेल भने च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मनाङबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । सातदोबाटो १४ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । मनाङ १४ खेलमा १८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
रंगशालामा हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १४ खेलमा १५ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र एनआरटीबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । चर्च ब्वाइज १४ खेलमा २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटी १४ खेलमा १७ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया