स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौंता

लोकपथ
63
Shares

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र मुक्तिनाथ विकास बैंक बीच एससिटी युपिआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रियस्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हाल पाँच वटा बाणिज्य बैंक, पाँच वटा विकास बैंक, १२ फाइनान्स कम्पनि र एक सय ५० भन्दा बढी सहकारीहरूले एससिटी युपिआई डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पस, इ–कर्मश जस्ता सेवा सजिलै लिन सक्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?