काठमाडौं । हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् ।
गुरुङले हङकङबाट पठाएका सामग्री सोमबार प्रदेश ३ लाई प्रदान गरिएको हो । गुरुङको तर्फबाट मनोज खड्गीले चेस्ट कभर प्रदेश ३ लाई प्रदान गरेका छन् ।
प्राप्त सामग्री प्रदेश अन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो संघ प्रदेश ३ का संयोजक केशव पुरीले जानकारी दिए । प्रदेश ३ को कार्यालय मानभवनमा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशव पुरी, उपाध्यक्ष पूर्व एआईजी माधव नेपाल, महासचिव राजेश प्रजापतिलगायतको उपस्थिति थियो ।
हङकङमा बस्दै आएका तेक्वान्दो मास्टर गुरुङले यसअघि पनि नेपाली खेलाडी र विभिन्न डोजाङलाई सहयोग गर्दै आएका थिए । गुरुङ हङकङमा आफ्नै डोजाङमा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण गराउदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया