दोषी ठहर भए ट्रम्प, ५ मिलियन डलर जरिवाना

लोकपथ
0
Shares

न्युयाेर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका छन् । अदालतले उनले ५ मिलियन डलर क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप ट्रम्पमाथि छ ।

बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो । तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।

यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?